बझाङ,४ भदौ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुंगल नगरपालिकाले राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले हिजो सोमबार एक शोक वक्तव्य जारी गर्दै मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार नगद सहित राहत सामग्री र दाहसँसकारको लागी दाउरा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
आईतबार रातिको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५८ बर्षिय काली देवि धामी , जेठी बुहारी २८ बर्षिय गोल्के धामी , नातिनी ६ बर्षिया आकृति धामी ,र ३ बर्षिय लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।
भदौ २ गते परेको अबिरल बर्षाले राती साढे १२ बजे पहिरो जादा बुङगल नगरपालिका १० टुमेडा टोलका एकै घरका ९ जना र एक जना बा्रहमण गरी १० जना पुरीएका थिए । पहिरोमा परी पुरीएका घरका ४ जनाको मृत्यु भएको थियो भने ५ जना सदस्यको सकुसल उद्धार गरीएको थियो ।
यस अघि सुदूरपश्चिम सरकारले पनि मृतका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति १ लाख रुपयाँ दिने घोषणा गर्नुभएको थियो ।