Logo
२ माघ २०८१, बुधबार

अनमोलको ‘अन्तिम कुमारी रात’ बिर्तामोडमा लोकार्पण

अक्षरपाटी
२०८१ भदौ १५ , शनिबार ०६:०८ मा प्रकाशित

झापा। संचारकर्मी, कवि तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’को गृह जिल्लामा विमोचन सम्पन्न भएको छ।

कृति झापाको विर्तामोडमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’गृह जिल्ला झापामा आज लोकार्पण गरिएको हो । 

अनमोलको कविता संग्रहको लोकार्पण कवि तथा साहित्यकार साथै कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले गरेका हुन्।

अनमोलको कवितामा धेरै चुनौतिहरु रहेको समिक्षक प्राज्ञ टीका आत्रेयले टिप्पणी गरिन् । कविता लेखनको क्रममा उनको सहास र आँटको आत्रेयले प्रशंसा गरिन् ।

समीक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता तमसुक हुने गरेको केन्द्रको आरोपलाई अनमोलको कविता संग्रहले जवाफ दिएको बताए । 

नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा अन्तिम कुमारी रात नामक कविता संग्रहको  समिक्षा प्राज्ञ आत्रेय र शेर्माले गरेका थिए ।

लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गरेका थिए ।

 स्वागत कवि तथा साहित्यकार केशव आर्चायले गरेको कार्यक्रमको सञ्चालन विवश बलिभद्र कोइरालाले गरेका थिए ।

लोकापर्ण समारोहमा झापासहित देशभरका कवि तथा साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रममा बिभन्नि श्रष्टाहरुले कविता र गजलसमेत प्रस्तुत गरेका थिए ।