Logo
२ माघ २०८१, बुधबार

पारा ओलम्पिक पदक विजेता पलेसालाई नगर परिक्रमासहित भव्य स्वागत

अक्षरपाटी
२०८१ भदौ १९ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई बुधबार नगर परिक्रमासहित भव्य स्वागत गरेको छ ।

पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसा बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन्। काठमाडौं आएसँगै कीर्तिमानी खेलाडीलाई नगर परिक्रमा गराएर स्वागत गरिएको छ ।

यस कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएत राखेपका अधिकारी सहभागी थिए । पारा ओलम्पिक टोलीलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्‍याइएको छ ।