Logo
१५ पुस २०८१, सोमबार

समय सीमा कटेका २०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

अक्षरपाटी
२०८१ असोज ८ , मंगलबार १०:०९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले उनीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।