Logo
१३ असार २०८३, शनिबार

राष्ट्रपतिले गरे पाँच देशका राजदूत नियुक्त

अक्षरपाटी
२०८१ मंसीर २८ , शुक्रबार ०१:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल,स्पेनका लागि सनिल नेपाल,दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ,बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।