Logo
२० पुस २०८१, शनिबार

नेप्से परिसूचक २१.१२ अंकले घट्यो

अक्षरपाटी
२०८१ पुस १४ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक २१.१२ अंक घटेर बन्द भएको छ । आज नेप्से ०.८० प्रतिशतले घटेर २,६०९.५८ विन्दुमा बन्द भएको हो ।

आज ६९ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । आज चिलिमे हाइड्रोपावर कम्पनी र सुपर मादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य स्थिर छ ।

महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

आज पाँच अर्ब ४७ करोड ४८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यस समूहको परिसूचक ४.४७ प्रतिशतले घटेको छ ।

नेप्से
यो पनि हेर्नुहोस् : नेप्से दोहोरो अंकले घट्यो