काठमाडौं । महिला र पुरुषको विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष राख्न संसदीय उपसमितिले सुझाव दिइएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन समितिमा पेस गरेको हो।
मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।
विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ ।
हाल नेपालको कानुनअनुसार महिला र पुरुष दुवैको विवाहको उमेर २० वर्ष छ।