Logo
९ माघ २०८१, बुधबार

नेप्से ५२ अंकले बढ्यो, कारोबार रकम २ महिनायताकै उच्च

अक्षरपाटी
२०८१ माघ ९ , बुधबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै लगानी समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै तथा विकास बैंक, होटल, जलविद्युत्, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज कर्पोरेट विकास बैंक र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै २ महिनायताकै उच्च हो । यसअघि गएको मंसिर १७ गते १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

नेप्से