चौमाला। कैलालीको गौरीगंगा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
आगामि आर्थिक बर्ष २०८२र०८३ का लागि आज नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले सो बजेट प्रस्तुत गरेका हुन्। बजेट आज नै पारित गरिएको छ।
उपप्रमुख बमले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, संघीय सर्शत अनुदान चालतर्फ २३ करोड ३६ लाख र पुँजिगत एक करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
यस्तैगरी संघीय समपुरक अनुदान पुँजिगत ७३ लाख, संघीय विशेष अनुदान पुँजीगत ४० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ५० लाख ७१ हजार र प्रदेश सर्शत अनुदान चालुरपुँजिगत ८५ लाख, प्रदेश समपुरक अनुदान र पुँजिगत एक करोड ७ लाख रहेको उपप्रमख बमले बताए।
त्यस्तैगरी प्रदेश विशेष अनुदान पुँजिगत ७५ लााख, मुल्यअभिवृद्धिकर अन्तशुल्क १४ करोड ८६ लाख १९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
प्रस्तुत बजेटमा वन रोयल्टी १० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर २ करोड ८० लाख रुपैयाँ, सवारी साधन कर ६३ लाख ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
त्यस्तै गरी विज्ञापन करमा ३ लाख, मनोरञ्जन करमा पनि तीन लाख, आन्तरिक राजस्व अन्तर्गत ७ करोड ९ लाख ९५ हजार र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तर्गत २७ करोड ८९ लाख उपप्रमुख बमले प्रस्तुत गरिएको बजेटमा प्रस्ताव गरिएको छ।
यस्तै व्यवतर्फ संघीय सरकारबाट हस्तान्तरित सशर्त चालुकार्यक्रममा २३ करोड ६६ लाख विनियोजन गरिएको छ।
संघीय सरकारबाट हस्तान्तरित सर्शत पुँजिगत कार्यक्रममा एक करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रस्तुत बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ।
यस्तैगरी प्रशानिक खर्च तर्फ १५ करोड ७१ लाख ४० हजार रपैयाँ जनस्वास्थ्य प्रम्वर्धनमा एक करोड ६६ लाख, योजना तथा पुर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरिएको छ।
प्रस्तुत बजेटमा नगरका ११ वडा कार्यालयका लागि ९ करोड २२ लाख, नगर समपुरक कोषमा ३ करोड, शिक्षा युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख र विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नगरसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, खेलकुद, विपद् व्यवस्थापन र पुर्वाधार विकास निर्माण कार्यालाई प्राथमिकता दिएको छ।
त्यस्तैगरी कृषि तथा पशुपन्छी, स्थानीय कला संस्कृति भाषा तथा साहित्यको प्रवद्धनमा पनि नगरले विशेष प्राथमिकता राखेको छ।
यसअघि मंगलबार नै नगर प्रमुख देवीदत्त कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।