Logo
१९ असार २०८२, बिहीबार

एमालेको राजनीतिमा सक्रिय भएपछि पूर्वराष्ट्रपतिले फिर्ता गरिन् सरकारी सुविधा

अक्षरपाटी
२०८२ असार १८ , बुधबार ०६:०७ मा प्रकाशित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी छन्।

एमालेको राजनीतिमा सक्रिय हुने निर्णयसँगै उनले सरकारी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी हुन्।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गरेकाछौं’, भण्डारीनिकटले जानकारी दिए।

भण्डारी एमालेको आगामी नेतृत्वको तयारीसहित राजनीतिमा सक्रिए भएकी हुन्।

राज्यको सर्वोच्च पदमा पुगेर पुनः राजनीतिमा सक्रिए हुने भण्डारी नै पहिलो हुन् ।

उनले आफ्नो पार्टी सदस्यता नवीकरण भएको जानकारी समेत गराएकी छिन्।

अब एमालेमा उनको भूमिका सक्रिय भएसँगै एमालेको नेतृत्वको योजना बनाइरहेका अन्य नेताका लागि भने पेचिलो बन्ने भएको छ।