Logo
२८ भदौ २०८२, शनिबार

कृषि : भाँचिदै गएको मेरुदण्ड

अक्षरपाटी
२०८२ साउन १२ , सोमबार ०७:०७ मा प्रकाशित

कृषि परम्पराको सम्झना

o लेखक : विनोद पन्त ‘खन्तोली’

आज हाम्रा खेत बाँझा भएका छन्। पितापुर्खाले लहलह बाली झुलाउने खेत घाँस उम्रने भएका छन्। हामी गुनाबाँदरलाई दोष दिएर खेती किसानी छोड्दै छौँ।

अहिले १०-१५ हजारको सानोतिनो जागिर पाए खेतीकिसानी नगर्ने भइसक्यौँ। कुनै समय यस्तो पनि थियो, कमाउन परदेश गएका मान्छे पनि वर्षामा खेती गर्न घर आइपुग्थे। मानिसहरू आफ्नो जागिर छोडेर खेतीपाती गर्न घर फर्कन्थे। मैले कैयौँ मानिसलाई देखेको छु- घरमा तीनजना दाजुभाइ हुन्थे र घरपायक नभएको सरकारी जागिर लाग्यो भने एकजना भाइ आफ्नो जागिर छोडेर खेतीपाती गर्न घर आउँथे।

कृषि हाम्रो मेरुदण्ड थियो। गाउँका मानिसमा घरमा खाने अन्न उब्जाउन पाए हुन्थ्यो भन्ने भावना थियो। मानिसहरूले हाँसोमा उडाउँदै यसो भन्थे- बुबाको जागिर जेसुकै भए पनि गाउँका मान्छेका छोराछोरी स्कूलको फाराममा सधैं पिताको पेशा कृषि नै लेख्छन्। यो हाँसोमजाक गरेको कुरा थिएन, यो त कृषिको महत्त्वको कुरा थियो‚ खेतिपातीको तुलनामा अन्य सबै पेशा फिक्का थिए। जागिर भए पनि बाँच्ने आधार कृषि नै थियो। मान्छे भन्थे- उत्तम खेती, मध्यम व्यापार, अधम चाकरी ।

खेतिपाती र कृषिसँग सम्बन्धित काम हाम्रो दिनचर्यासँग यति जोडिएको थियो कि यसका लागि हामीलाई खाना खाने फुर्सद पनि हुन्नथ्यो। केटाकेटी, वृद्ध, युवा, महिला, पुरुष, सबैले आफूले सक्ने काम गर्थ्यौँ। घाँस काट्ने, गोरु चराउने, अर्नी/खाजा लैजाने, आलीकुना खन्ने।

खेतिपाती र कृषिसँग सम्बन्धित काम हाम्रो दिनचर्यासँग यति जोडिएको थियो कि यसका लागि हामीलाई खाना खाने फुर्सद पनि हुन्नथ्यो। केटाकेटी, वृद्ध, युवा, महिला, पुरुष, सबैले आफूले सक्ने काम गर्थ्यौँ। घाँस काट्ने, गोरु चराउने, अर्नी/खाजा लैजाने, आलीकुना खन्ने।

सामान्यतया दुई किसिमका खेत हुन्छन्, गनारी/गैरीखेत र डबरा/टारीखेत। गनारी/गैरीखेतमा सिँचाइका लागि पर्याप्त पानी हुन्छ वा नभए पनि वर्षाको पानी कुलो वा नहरमार्फत ल्याउन सकिन्छ। डबरा/टारीखेत भनेको सिँचाइ नहुने वा निकै कम हुने खेत हो। यसमा आकाशेपानीको भर पर्नुपर्छ।

गनारी/गैरीखेत खेतको कुरै बेग्लै थियो। यी खेत धानखेतीका लागि उपयुक्त हुन्छन्। यी खेतमा समयमै रोपाइँ गर्न सकिन्थ्यो। रोपाइँ गर्नु धेरै मेहनतको काम हो। यसका लागि किसानलाई वातावरण र मौसम पूर्वानुमानको ज्ञान पनि चाहिन्थ्यो। त्यतिखेर लगभग हरेक वयस्क र वृद्धवृद्धाले आफ्नो अनुभव र पुर्खाबाट यो ज्ञान पाएका हुन्थे र यसमा निपुण पनि हुन्थे।

कहिलेसम्म पानी पर्ला? कति पानी पर्ला? हावा कताबाट चल्यो‚ उम्सो कति भयो? ठूलो वर्षा भएर खेतमा बढी पानी त हुँदैन? यी सबै भविष्यवाणीको आधारमा रोपाइँ गरिन्थ्यो।

धान खेती गर्दा सिधै जमिनमा छर्ने, धुले ब्याड र रोपाइँ गर्ने तीन प्रकार हुन्छन्। केही जातका धान ब्याड राखी रोपाइँ गरिन्थे भने केही जात सीधै छरिन्थे।

धुले ब्याड राख्दा चाहिं माटो मसिनो गराई डल्ला फोरेर ब्याड बनाइन्छ। आवश्यकता अनुसारको लम्बाइ र करिब १ मिटर चौडाइको ब्याडमा डल्लेठोले माथिल्लो सतहको माटो पातलो तह सारेर खोल्सामा पुऱ्याइन्छ ।

त्यसपछि ब्याडमा एकनासले बाक्लै गरी बीउ छरिन्छ। अघि धकेलेको माटो कोदालीले फिंजाएर छरिन्छ । त्यसमाथि सुकेको घाँस वा पतकर राखिन्छ।

धानका जात पनि फरक हुन्थे। कुनै धान मगमग बास्ना आउने पनि हुन्थे त कुनै मसिना हुन्थे। कुनै त मोटा चावल हुन्थे। सीमठारो/रातो चावल जस्ता मोटा चावल पनि हुन्थे। अनदी जस्ता चामल पनि हुन्थे। कुनै कुनै चामल खान चाहिँ खान्थ्यौँ तर देव र पितृ कार्यमा प्रयोग गर्दैनथ्यौं। कुनै धानका खाजा, सिरौला र च्यूरा गजब रसिला हुन्थे। कुनै चामल खीर पकाउन गजब मानिन्थे।

तिहारपछि न्वागी खाने दिन आउँथ्यो। भगवान्‌लाई दही मुछेको नयाँ चामल चढाइन्थ्यो। यस्ता धार्मिक काममा प्रयोग गर्ने चावल त्यही दिन कुटेको हुनुपर्थ्यो। समयको अभावले गर्दा पहिलो दिन कुटेको छ भने भोलिपल्ट यसलाई खल वा ओखलमा हालेर दुईचार पटक मुसलले पिटेर ताजा बनाइन्थ्यो। यसलाई चावल ताजा बनाउने भन्थे। यस्तो चामल कुट्दा चामलमा गोडा नलागोस् भनेर खुब ध्यान दिइन्थ्यो।

रोपाइँका लागि धानको बिरुवा तयार गर्न धानको नर्सरी तयार गरिन्छ, जसलाई बिन/ब्याड राख्नु भनिन्छ र धानको नर्सरीलाई बिन/ब्याड पनि भनिन्छ। बिन राखेदेखि नै कडा मेहनत सुरु हुन्छ।

रोपाइँका लागि धानको बिरुवा तयार गर्न धानको नर्सरी तयार गरिन्छ, जसलाई बिन/ब्याड राख्नु भनिन्छ र धानको नर्सरीलाई बिन/ब्याड पनि भनिन्छ। बिन राखेदेखि नै कडा मेहनत सुरु हुन्छ।

पानी उपलब्ध हुने ठाउँमा बिन/ब्याड राखिन्थ्यो। वैशाखजेठमा पानी नपर्ने भएकाले वर्षैभरि पानी हुने खोल्सामा पोखरी बनाइन्थ्यो। पोखरीबाट कुलो मार्फत बिन/ब्याडमा पानी लगाइन्थ्यो। ब्याड राख्न खेत जोतेर पानी हालिन्छ र धेरै गोबर मल राखिन्छ। बिन राख्दा हिलो जस्तै बनाइएपछि र त्यसमा धानको बीउ छर्किन्छ, त्यो पनि धेरै बाक्लो। बिनलाई लगभग तीनचार दिनको अन्तरालमा पानीले भिजाउनुपर्छ।

ब्याडमा छर्ने धानको बीउलाई ठूलो थैलीमा भिजाएर केही दिन राखिन्छ। जब धान टुसाउँछ त्यसलाई ब्याड राख्न तयार मानिन्छ।

कतै कतै ब्याड उमार्ने पुरानो तरिका पनि थियो। एउटा ठूलो डोको लगिन्थ्यो। डोकोमा धानको बीउ राखेर माथिबाट छोपिन्थ्यो। बीउ राख्ने यो डोकोलाई बिनार वा बुनार डोको वा बन्थी भनिन्थ्यो।

बिनार डोकामा बीउ भरेपछि यी डोका गाउँ नजिकैको ताल वा पोखरीमा राखिन्थ्यो। पोखरीमा न त कम न बढी पानी हुनुपर्छ, डोका विशेष अवस्थामा भिजेको हुनुपर्थ्यो। यो पोखरीलाई विशेष हेरचाह गरिन्थ्यो।

पानीको अभाव भएमा पानी आपूर्ति गर्नुपर्छ, बढी भएमा पानी काट्नुपर्छ र ठूलो वर्षा हुने सम्भावना भएमा बीउका थैला वा डोकालाई सुरक्षित रूपमा बाहिर राखिन्थ्यो। यतिखेर गाउँलेमा आपसी भाइचाराको उदाहरण देख्न पाइन्थ्यो।

गाउँको कुनै पनि व्यक्तिले बीउ राखेको पोखरीको रेखदेख गर्थ्यो, चाहे त्यो पोखरीलाई राम्रो अवस्थामा राख्न वा पोखरीमा पानी बढाउन वा घटाउन होस् वा वर्षा हुने आशंकामा बीउ सुरक्षित राख्न होस्।

मैले मेरो थैलो/डोको बचाएँ र अरूको कुहिन दिएँ भन्दैनथे। यो अरूको समस्या हो‚ मेरो होइन कसैले भन्दैनथे। यदि कहिल्यै कसैको थैलो चोरी हुने त कहिल्यै सोच्दैनथ्यो, यहाँ मानिसहरू इमानदारीको बारेमा आशंका पनि गर्दैनथे।

बिनका लागि धानको बीउ भिजाएको केही दिनपछि पोखरीमा राखिएका ब्याड टुसाउँछ (अङ्कुरण हुन्छ) र थैलो/डोकाबाट धानका टुसा निस्कन थाल्नेछन् र त्यसपछि बीउ बिनमा छर्न तयार हुन्छ। बिनका लागि बीउलाई भिजाउने र टुसा उमार्ने समय अवधि धानको प्रकार र जातिमा भर पर्छ।

बिनको समयमा केही गाउँमा पानीको समस्या हुन्थ्यो‚ तिनीहरू सोता वा खोल्साबाट आउने कुलो फुटाएर आफ्नै बिनमा पानी हाल्थे र पानीका लागि बाझाबाझ हुन्थ्यो। कहिलेकाहीँ त धेरै चर्काचर्की र झगडा नै हुन्थ्यो। धेरै ठाउँमा पानीका लागि आलोपालो हुन्थ्यो। कसैले पानी चोर्न नपाओस् भनेर रातमा पालो कुर्थे।ब्याडमा विरुवा तयार भएपछि रोपाइँको तयारी गरिन्थ्यो।

यो काम मुख्यतया आषाढ महिनामा सुरु हुन्थ्यो। त्यतिन्जेलसम्म वर्षा पनि सुरु हुन्थ्यो र रोपाइँका लागि पानी आउँथ्यो। खोला वा सोतामा पनि पानी बढ्थ्यो। गाउँको कुनै पनि खेतमा पहिलो रोपाइँ हुनेबित्तिकै त्यस दिनलाई महत्त्वपूर्ण मानिन्थ्यो। गाउँमा सबैभन्दा पहिला रोपाइँ गर्नेको गाउँभरि हल्ला हुन्थ्यो, फलानाले त यो वर्ष सबैभन्दा पहिला रोपाइँ गर्‍यो।

रोपाइँको काम पहाड जस्तै हो। यसका लागि प्रत्येक कामका लागि सिपालु पुरुष र महिला चाहिन्छ। हरेक काम समयमै र पूर्ण रूपमा गरिनुपर्छ। रोपाइँका वेला भएकाले गाउँमा कसैको खेतमा रोपाइँ भइरहेको छ, त्यसैले मानिसको व्यवस्था गर्नु गाह्रो काम हो। हली, छेउकुना खन्ने व्यक्ति, दाँदे र हेँगा लगाउने चाहिन्छ। बाउसे, ब्याडे र रोपाहार जस्ता व्यक्ति चाहिन्छन्।

बिनबाट रोपो खेतमा लैजान, घरबाट चियापानी र खाजा ल्याउन पनि मानिसहरू चाहिन्छ। जसको खेतमा रोपाइँ भइरहेको छ उसको परिवारका सबै सदस्यले क्षमताअनुसार कुनै न कुनै काम गर्थे।

पहिले नै गोबर हालेर तयार पारेको खेतमा पानीको छोडिन्छ। त्यसपछि हलीले खेत जोत्न थाल्छ। यसका साथै हलीले जोत्दा छेउकुना जोत्न मिल्दैन। फरुवा/कोदालोले छेउकुना खनिन्छ। उसले आली पनि लगाउँछ। कतैकतै छेउकुना खन्नेलाई दुईवटा रोटी बढी दिइन्छ। सबैलाई पेट भरिने खाजा दिए पनि उसलाई सम्मान गर्दै थप रोटी दिइएको हो।

ठूलो गरो छ भने जोत्ने क्रममा पानी सबैतिर पुर्‍याउन खेतको बीचमा एउटा सानो कुलेसो बनाइन्छ, यसले सबैतिर पानी समान रूपमा पुग्छ। खेतमा आली हुन्छन्। यसले खेतमा पानी जम्मा हुन सहयोग गर्छ।

यसैबीच अर्कोतर्फ ब्याड मुठा पारिन्छ। यो काम ब्याडेले गर्छन्। त्यसपछि रोपो डोको, छिटुवामा राखी खेतमा लगिन्छ। कतै मान्छेको उचाइभन्दा अग्लो बलियो काठको लौरो (भट्टा/खर्पन) मा झुन्डाएर पनि सारिन्छ।हलीले पहिले हलोले खेत जोत्छन् र त्यसपछि दाँदे लगाएर झारपात हटाउँछन् अनि हेँगा लगाएर खेत सम्याउँछन्।

त्यसपछि रोपाहार/रोपार्नीले धान रोप्न थाल्छन्। यतिखेर पानीको खुबै ख्याल गर्नुपर्छ। पानी धेरै नहओस् भनेर विचार गरिन्छ। वर्षा भयो भने खेतको माटो बगाउने डर हुन्छ। त्यो भनेको खेतमा रहेको खाद बग्नु पनि हो। बढी पानी भएमा धान बगाउने डर पनि हुन्छ। यसका लागि मौसमको पूर्वानुमान गरिन्थ्यो। मौसम विभागको सूचनाभन्दा गाउँका बूढापाकाको अनुभव काम लाग्थ्यो।

रोपाइँ गर्ने वेला बाजा बजाउने चलन पाइन्छ। पश्चिमका पहाडमा त हुड्का बजाइन्थ्यो। हिले खेतमा एकजनाले हुड्का बजाउँदै लोकगीत गाउन थाल्थ्यो। उसले गीतको अन्तरा शुरु गरेपछि रोपाहारले अर्को अन्तरा गाउँथे। गीत संगीतका कारण रोपाहारले थकाइ कम महसुस गर्थे।

धान उमार्ने अर्को दोस्रो तरिकालाई धान छर्ने भनिन्छ। यसमा खेत जोती हेँगा लगाई ठिक पारिन्थ्यो। बीउ भिजाएर टुसाएको धान सीधै खेतमा छरिन्थ्यो। यो तरिकामा ब्याड राख्नुपर्दैन। यसमा चराले धान खाइदिने डर भने हुन्थ्यो। टिन बजाएर चरा धपाउँथे। नत्र भने परेवा, भँगेरा जस्ता चराले बीउ खाइदिन्थे।

रोपाइँका दिन विशेष खाजा बनाउने भन्ने हुन्थ्यो। प्रायः दही त छुट्दैनथ्यो। घरमै हुन्थ्यो, नभए वल्लोपल्लो घरबाट ल्याइन्थ्यो। रोपाइँ सकेको केही दिनमा आलीमा उर्द/मास रोपिन्थ्यो। यसरी दाल खानलाई उर्द/मास तयार हुन्थ्यो। गनारी/गैरीखेतमा पानीको समस्या नभए पनि टारीखेत/डबरा खेतमा कुलोबाट पानी लगाउनुपर्थ्यो।

हिलोले खाएर कतिका औँला त गनाउने पनि हुन्थे। बिषकाप्रे, तिउरी, मेहदी जस्ता वनस्पतिका पात पिसेर लगाइन्थ्यो। कसैले भक्किमलो/भागेचुक पनि दल्थे। यही बीचमा नागपञ्चमी आउँथ्यो। अब हिउँद शुरु भयो भन्थे।

यो वेला लगातार पानीको सम्पर्कमा हुँदा हातगोडाका औँला पाक्थे। हिलोले खाएर कतिका औँला त गनाउने पनि हुन्थे। बिषकाप्रे, तिउरी, मेहदी जस्ता वनस्पतिका पात पिसेर लगाइन्थ्यो। कसैले भक्किमलो/भागेचुक पनि दल्थे। यही बीचमा नागपञ्चमी आउँथ्यो। अब हिउँद शुरु भयो भन्थे।

रोपाइँसँग जोडिएको एउटा परम्परा थियो। रोपाइँका लागि राखिएको बिन/ब्याड कुनै पनि हालतमा सार्नै पर्थ्यो। केही गरी सुक्खा लाग्यो, खडेरी पर्‍यो वा कुलो भत्कियो भने रोपाइँ गर्न सकिएन भने त्यो ब्याड मास्नैपर्थ्यो। हेँगा लगाएर होस् वा गोरुलाई चराएर होस् त्यसलाई नष्ट नै गर्नुपर्थ्यो। रोपाइँका लागि राखेको बिरुवा बिनमा पसाउनु अपशकुन मानिन्थ्यो। कसैलाई गाली गर्नुपर्‍यो भने तेरो ‘बिन/ब्याड पसाओस्’ भनिन्थ्यो।

निकै विरामी भयो भने यसरी ब्याड खेतमै पसाउने अवस्था आयो भने आफ्नो खेती सकेपछि गाउँलेहरू मिलेर विरामी हुने घरको खेतमा रोपाइँ गरिदिन्थे।

रोपाइँको महत्त्व यति हुन्थ्यो कि भेटघाट हुँदा पनि सन्चोबिसन्चोसँगै रोपाइँको बारेमा सोधिन्थ्यो। चिठी पठाउँदा पनि यो लेखिन्थ्यो। हाम्रोमा यसपालि रोपाइँ भयो। त्यता पनि रोपाइँ भइसक्यो होला। यसरी राेपाइँ हाम्राे समाज जाेडिराख्ने सम्बन्धको सेतु थियाे। सामाजिक सम्बन्धको पुल थियाे ।

o अनुवाद: डिल्ली आचार्य

कृर्षि राेपाइँ