काठमाडौं। निजी बैंकहरुले आक्रामक प्रचार र बजार प्रवर्धन गर्दा पनि प्राप्त गर्न नसक्ने प्रगति कृषि विकास बैंकले शालिन गतिमा गरेको पाइएको छ।
सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा झण्डै ५० प्रतिशतले बढेको हो।
बैंकले सार्वजनिक गरेके अपरिष्कृत वित्तीय विवरणअनुसार गत अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा नाफा करिब ५० प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५० प्रतिशतले बढी हो।
अघिल्लो वर्षमा बैंकको नाफा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ थियो।
बैंकले गत आर्थिक वर्षमा सञ्चालन नाफा ११ अर्ब ८९ करोड रुपैयाँ गरेको छ।
त्यस्तै, खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा ९ अर्ब ८२ करोड रुपैयाँ भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
बैंकले गत वर्ष २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकको नाफा, निक्षेप, कर्जा, सम्पत्तिलगायत अन्य प्रमुख सूचकमा राम्रो सुधार देखिएको छ।
कृर्षि विकास बैैक