Logo
२ भदौ २०८२, सोमबार

नबिल बैंकको खुद नाफा ७ अर्ब १२ करोड, वितरणयोग्य नाफा ५५ प्रतिशतले बढ्याे

अक्षरपाटी
२०८२ साउन २७ , मंगलबार ०९:०८ मा प्रकाशित

काठमाडौं। देशकै अग्रणीमध्य क वर्गको नबिल बैंक खुद नाफा गर्नेमा पनि अग्र स्थानमा देखिएको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ कमाएको छ।

सो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १५.०१ प्रतिशतले बढी भएको बैंकले जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ।

खुद ब्याजआम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ०.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ थियो।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ रहेको छ।

त्यस्तै कुल सञ्चालन आम्दानी २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ रुपैयाँ र सञ्चालन नाफा १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ छ।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ मात्र थियो।

वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५५ प्रतिशतले बढी रहेको बैंकले जानकारी दिएको छ। वितरणयोग्य नाफामा भएको वृद्धिसँगै लाभांश वितरण क्षमता पनि वृद्धि भएको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको लाभांश क्षमता ११.३९ प्रतिशत रहेको थियो।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३‍‍.४४ रुपैयाँ बढेर २६.३४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ४.२७ प्रतिशतमा झरेको छ । बैंकको रिटर्न अन इक्विटी ११.६४ प्रतिशत छ ।

बैंकले गत आर्थिक वर्षमा कुल निक्षेप संकलन ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ गरेको छ।

कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ गरेको बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोष ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ।

खुद नाफा नबिल बैंक