Logo
३ भदौ २०८२, मंगलबार

प्रभु बैंकको खुद नाफा करिब साढे ५ अर्ब

अक्षरपाटी
२०८२ साउन २८ , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं। प्रभु बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै साढे ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले गत आर्थिक वर्षमा कुल ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

बैंकको यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१को तुलनामा करिब ९६५.४० प्रतिशत बढी हो।

बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा खुद ब्याज आम्दानीमा गिरावट आएको बैंकले जानकारी दिएको छ।

बैंकको अघिल्लो आर्थिक वर्षको खुद ब्याज आम्दानी ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ थियो।

गत आर्थिक वर्षमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ गरेको छ।

त्यस्तै कुल सञ्चालन आम्दानी १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ र सञ्चालन आम्दानी ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ गरेको बैंकको वित्तीय विवरण छ।

गत आर्थिक वर्षमा वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा बैंकले कुल निक्षेप संकलन ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ गरेको छ। उक्त निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तुलनमा १२.१८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो।

गत आर्थिक वर्षमा बैंकले २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको कर्जा लगानी ४.२१ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकको कुल कर्जा लगानी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

खुद नाफा प्रभु बैंक