काठमाडौं। गत आर्थिक वर्ष नेपाल बैंक लिमिटेडले ३२ दशमलव ६५ प्रतिशत नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०८१र८२ मा बैंकले खुद नाफा ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको हो।
जबकी अघिल्लो आर्थिक बर्षमा यो नाफा २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ छ।
अघिल्लो वर्ष बैंकले ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ। तर यो अघिल्लो आर्थिक बर्षभन्दा घटेको हो।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ।
गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ छ।
अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.१९ रुपैयाँ प्रतिसेयर आम्दानी थियो। बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ।
नेपाल बैंक लिमिटेड