Logo
३ भदौ २०८२, मंगलबार

‘न्यु चोलो : द ड्रेस’मा नाजिर ट्रान्सवुमनको भूमिकामा

अक्षरपाटी
२०८२ साउन २९ , बिहीबार ११:०८ मा प्रकाशित

काठमाडौं । कतिपय मानिसले मनमा लागेको कुरा भित्रभित्रै गुम्स्याएर राख्छन्, खुलस्थ पार्दैन ।

पितृसत्तामक सोच भएको समाजमा महिला अझ बढी दबिएर र पिल्सिएर बस्नुपर्ने अवस्था छ।

महिलाले त आफ्नो पीडा भन्न नसक्ने समाजमा तेस्रोलिंगीको अवस्था कस्तो होला ?

तेस्रोलिंगीले आफ्नो पहिचान दबाएर बस्नु पर्ने अवस्था छ। त्यसैले अधिकांश तेस्रोलिंगी आफ्नो पहिचानलाई भित्रै दबाएर कठोर जिन्दगी बाँचिरहेका छन् ।

घर, परिवार र समाजको डरले र आफै बहिस्कृत हुने त्रासले तेस्रोलिंगीहरू आफ्नो असली लिंगीय पहिचान दबाएर बसिरहेका छन्।

कसरी बसिरहेका छन्? त्यसको केही झलक चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलरमा देखिन्छ।

जहाँ छोरो महिलाको नेचरको छ। तर, बाउआमा, साथी, आफन्त, छिमेकी साराले उसलाई ह्यय भावले हेरिरहेका छन्। छोरोको चाहाना हातभरी छन्छन् चुरा, आँखामा गाजल र सारीचोलो लगाएर बाँच्नेछ। तर, बाउ छोरोलाई लाउरे बन्न हरदिन दबाब दिन्छन्।

यो कथा देखाएको चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘हामीले जस्तो अपेक्षासहित सिनेमा बनाएको थियौँ । त्यसको नजिक पुगेको ट्रेलरको प्रतिक्रियाले छनक दिइरहेको छ’, निर्देशक समुद्र भट्टले भनिन्, ‘ट्रेलरजस्तै प्रतिक्रिया र माया चलचित्रबाट पायौँ भने हामी सफल हुनेछौँ।’

नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली आफ्नो टिमले चलचित्रमार्फत् बोलेको उनले बताइन् ।

चलचित्रका मुख्य अभिनेता नाजिर हुसेन पनि सिनेमालाई लिएर आसावादी छन्। जुन गीत र ट्रेलरले अपेक्षा पूरा हुँदै गएको उनको भनाइ छ ।

दशक अगाडि ‘होस्टेल’ले रामेश्वर यादवको पहिचान दिएको भन्दै अब चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलरले आफूलाई नयाँ चरित्रमार्फत दर्शक माझ चिनाउने नाजिर बताउँछन्। चलचित्र भदौ १३ गते रिलिज हुँदैछ ।

नाजिर हुसेन न्यु चोलो : द ड्रेस