Logo
११ भदौ २०८३, बिहीबार

बा !

अक्षरपाटी
२०८२ भदौ ७ , शनिबार ०९:०८ मा प्रकाशित

बा !
दुःखको पसिनामा
मेहनतको गाह्रोले
प्रेमको छानो ओढाएर
विश्वासको घर बनाउने

बा !
बफादारीकोको फाँटमा
मेहनतको रोटी फलाएर
निस्वार्थ स्वास फेर्नुपर्छ भन्दै
इमानको पाठ पढाउने

बा बा !
सकेको राम्रो गर
नराम्रो त गर्दैन नगर
जगतको भलो गर
कुभलो सोच्दै नसोच
राम्रो नसके,
कम्तिमा नराम्रो नगर
भन्ने मन्त्र जपाउने

मेरा बा!
मेरो आदर्श
मेरो भरोसा
मेरो विश्वास
मेरो शिरको छानो
मेरा लागि सिंगो आकाश !!!