काठमाडौं । बलिउड चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।
कार्यक्रमको प्रस्तुति वर्ल्डवाइ फिल्म्स नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ।
आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ।
विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका Celinedee Matahari ले पनि प्रस्तुति दिनेछिन्। उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकार हुन्।
आयोजक संस्थाका अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए।
टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन्।