Logo
३ कात्तिक २०८२, आईतबार

जेष्ठ नागरिकले हवाइ यात्रा गर्दा अधिकतम भाडामा ५० देखि ८० प्रतिशत छुट

अक्षरपाटी
२०८२ कात्तिक ३ , आईतबार १०:१० मा प्रकाशित

काठमाडौं। जेष्ठ नागरिकले हवाई यात्रा गर्दा अब कम्तिमा ५० देखि ८० प्रतिशत छुट पाउने भएका छन्।

नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरुलाई हवाई भाडामा अनिवार्य छुट दिने निर्णय गरेको हो।

प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा आइतबार बनेको बैठकमा आन्तरिक सबै बायुसेवा कम्पनीले छुट दिने निर्णय गरेको हो।

सबै वायुसेवा कम्पनीले यो निर्णय आइतबारदेखि नै लागू गर्ने सहमति समेत भएको छ।

सहमति अनुसार ७० वर्षका जेष्ठ नागरिकले हवाई टिकट लिँदा अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन्। अफ सिजनमा हवाई सेवा कम्पनीले सबैका लागि आधाभन्दा कम मूल्यमा निकट बेच्दै आएका छन्।

उदाहरणका लागि चाडबाडमा काठमाडौं धनगढी अधिकतम भाडादर १७ हजार माथि हुन्छ भने सामान्य अवस्थामा हवाई सेवा कम्पनीले ६ हजार ७ सयसम्ममै टिकट बेच्ने गर्छन।

प्राधिकरणले आज गरेको सहमति अनुसार ७५ वर्षमाथिका जेष्ठ नागरिकले ७० प्रतिशत छुट पाउनेछन्।

त्यस्तै ८० वर्षमाथिका यात्रुले ८० प्रतिशत छुट पाउने छन् भने फरक क्षमता भएका यात्रुलाई न्यूनतम ५० प्रतिशत अधिकतम भाडामा छुट गरिने सहमति भएको छ।