Logo
२२ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंक र ओम अध्याय रिट्रिटबीच छुट सम्झौता

अक्षरपाटी
२०८२ कात्तिक १३ , बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको छ।

रिसोर्ट र बैंकबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले थाहा, मकवानपुरमा रहेको रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

ग्राहकले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा पाउने छन्।

यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

एनआइसी एसिया बैंक

ट्रेन्डिङ ( साप्ताहिक )