Logo
१७ मंसीर २०८२, बुधबार

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

अक्षरपाटी
२०८२ मंसीर १७ , बुधबार ०२:१२ मा प्रकाशित

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई आज पक्राउ गरेको हो।

उनीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी पनि पक्राउ परेका छन्। उनीहरुलाई नलिन्चोक हेलिकप्टर काण्डमा पक्राउ गरिएको बुझिएको छ।

उनीहरु दुबैजनालाई म्याद थपका लागि विशेष अदालत लगिएको छ।

अख्तियार दुरुपयाेग अुसन्धान आयोग