
कैलाली । आजदेखि धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भएका छन्।
कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित १९औं सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा पर्यटन क्षेत्रमा उच्च योगदान पुर्याएकोमा कलमबहादुर बम सम्मानित भएका हुन्।
बम होटल तथा पर्यटन व्यवसायी, होटल व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष, होटल व्यवसायी महासंघ नेपालका पर्यटन सचीव तथा होटल सनलाइट प्रालि धनगढीका प्रबन्ध निर्देशक हुन्।
लामो समयदेखि होटेल व्यवसायमा सक्रिय बमको नेतृत्वमा निकट भविश्यमै धनगढीको नैनादेवी चोकमा चार तारे होटेल सञ्चालनमा आउँदैछ।

महोत्वसवका अवसरमा निसर्ग हस्पिटलमार्फत सुदूरपश्चिम प्रदेशभर उत्कृष्ट सेवा तथा रोजगार सिर्जना गर्दै आएका अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन्।
उनको नेतृत्वमा धनगढीको हसनपुरमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर विगत सात वर्षदेखि सञ्चालमा रहेको छ।
पन्तले स्वास्थ्य क्षेत्रबाहेक यस क्षेत्रको सामाजिक सेवा, खेलकुद, कला, सँस्कृतिमा उल्लेखनीय योगदान गर्दै आएका छन्।
त्यस्तै महोत्वसवको उदघाटन कार्यक्रममा सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा प्रदिप मिश्रलाई पनि अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका थिए।

त्यस्तै माया मेट्राे अस्पतालका वरिष्ठ बालराेग विशेषज्ञ डा माेहन साउँदलाई पनि सम्मान गरिएको छ । उनले यस क्षेत्रमा रहेर बाल राेग विधामा पुर्याएको कदर स्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ।

बाल रोग विधामा लामो समयदेखि सुदूरपश्चिममै बसेस सेवा गरेवाफत उनलाई सम्मान गरिएको हो।
त्यस्तै कृषि क्षेत्रमा आम मानिसको दृष्टिकोण परिवर्तन गर्दै उत्पादन, नवप्रवर्तन र वितरणमा उल्लेखनीय योगदान पुर्याएवाफत कृषक अगुवा तथा समाजसेवी रविनकान्त पन्तलाई पनि सम्मान गरिएको छ।

कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापालगायत, खेलाडी, पत्रकार, कलाकार, उद्यमी व्यवसायी सम्मानित भएका छन्।
यस क्षेत्रको मौलिक उत्पादनको प्रवद्र्धन, बजारीकरण र उत्प्रेरणाका लागि भनेर २०६३ साल मंसिरदेखि आयोजना गरिन लागेको सुदूरपश्चिम महोत्वसवमा पछिल्लो समय भने व्यापारिक मेला र साँस्कृतिक कार्यक्रमको अंश हावी हुँदै गएको छ।
सुदूरपश्चिम महाेत्सव


