Logo
१९ वैशाख २०८३, शनिबार

सुनचाँदीको मूल्य आजसम्मकै उच्च

अक्षरपाटी
२०८२ पुस ७ , सोमबार १०:१२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य इतिहासमै महंगो भएको छ। गत मंसिर २० गते प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेको छ।

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी चार हजार १०५ रूपैयाँमा कारोबार भएको थियो।