Logo
१९ वैशाख २०८३, शनिबार

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

अक्षरपाटी
२०८२ पुस १४ , सोमबार ११:१२ मा प्रकाशित

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य थोरैले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रूपैयाँमा कारोबार भएको थियो।