Logo
२५ वैशाख २०८३, शुक्रबार

देउवाको सचिवालयद्वारा विशेष महाधिवेशनको निम्तो अस्वीकार

अक्षरपाटी
२०८२ पुस २६ , शनिबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले आइतबारदेखि हुँदै गरेको दोस्रो विशेष महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ ।

विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह निम्तो पत्र बुझाउन शनिबार दिउँसो पार्टी सभापति देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

सभापति देउवालाई विशेष महाधिवेशन उद्घाटनका लागि निम्तो पत्र दिन जाँदा देउवाका स्वकीय सचिव भानु देउवाले पत्र पढे पनि सभापतिलाई भेट्न नदिई विशेष महाधिवेशन पक्षधर नेता साहलाई फिर्ता पठाएका हुन्।

साहले आफू सचिवालयबाट अपमानित भएर फर्कनु परेको गुनासो गरे।

साहले देउवा निवास पुगेपछि भएको घटनाबारे जानकारी दिँदै भने, ‘मैले देउवा निवासमा गेट खोलेँ। त्यहाँ मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि हुनुहुँदो रहेछ। उहाँलाई चिठी दिएँ। मलाई उहाँले किन चिठी दिने सभापतिजीलाई नै दिनुस् भन्नुभयो। त्यसको केहीबेरमा सभापति देउवाका स्वकीय सचिव भानुजी बाहिर निस्कनुभयो। उहाँलाई चिठी दिएँ। पढ्नुभयो। पढेपछि उहाँले चिठी मेरै खल्तीमा हाल्नुभयो र तपाईंलाई लाज लाग्दैन,बाहिर जानुस् भन्नुभयो।’

कांग्रेस विशेष महाधिवेशन