Logo
२५ असार २०८३, बिहीबार

युएईमा ड्रोन हमलामा ज्यान गुमाएका नेपालीको पहिचान सार्वजनिक

अक्षरपाटी
२०८२ फागुन १८ , सोमबार ०२:०३ मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा इरानको ड्रोन हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकको पहिचान खुलेको छ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। जायद अन्तर्राष्ट्रिय विमानस्थल मा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको दुःखद निधन भएको हो। उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

राजदूतावासले युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक कूटनीतिक पहल अगाडि बढाइएको दूतावासले जनाएको छ।