Logo
१९ वैशाख २०८३, शनिबार

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठलाई ७ हजार मतको अग्रतामा, अन्य उम्मेदवार हजार मत पनि कटाउन सकेनन्

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम गरेका छन्।

निर्वाचन अधिकृत सम्झना खनालका अनुसार हालसम्म ११ हजार ५२१ मत गणना हुँदा श्रेष्ठले ७ हजार ६१७ मत प्राप्त गरेका छन्।

अन्य दलका उम्मेदवारहरूले भने हालसम्म एक हजार मत पनि कटाउन सकेका छैनन्। नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले ७३७ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिस्ट पार्टीका सुमन सायमिले ६५६ मत ल्याएका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार राजेश शाक्यले ४३३ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं–८ मा रास्वपाका श्रेष्ठले अन्य उम्मेदवारभन्दा उल्लेख्य मतान्तरले अग्रता कायम गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी