



काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा अस्वीकृत भएको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको हो।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। आठवटा आधार लिएर राजीनामा अस्वीकार गरिएको प्रवक्ता चालिसेले जनाएका छन्।
नयाँ नेतृत्व आउँदा पनि पार्टीले ठूलो हार व्यहोरेको भन्दै देशैभरबाट थापाको राजीनामा माग भएपछि पार्टी सभापति थापा र उपसभापति शर्माबीच विमर्श भएको थियो। उक्त विमर्शपछि थापाले राजीनामा दिएका थिए।
गगन थापा राजीनामा



