Logo
१६ साउन २०८३, शनिबार

राखेपको कठाेर निर्णय : एन्फा कार्यसमिति निलम्बित

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०७:०३ मा प्रकाशित

काठमाडौं। सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमिति भंग गरिदिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार साँझ बसेको कार्यकारिणी समिति बैठकले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

राखेपले एन्फालाई ‘अर्लि इलेक्सन’ नगर्न निर्देशन दिए पनि साे निर्देशनको अवज्ञा गरेपछि राखेपले यस्तो कडा कदम चालिएको जनाएको छ।

एन्फाले राखेपको निर्देशन अवज्ञा गर्दै आफ्नो निर्वाचन यही चैत १३ गते शुक्रबार झापामा गर्ने गरी मिति तय गरेको थियो।

सरकारको यो निर्णयसँगै एन्फाको आगामी निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।

एन्फा निलम्बन राखेप