Logo
१७ वैशाख २०८३, बिहीबार

HONOR मोबाइलद्वारा सन्जिवनी मोबाइललाई स्कुटर उपहार

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०९:०३ मा प्रकाशित

धनगढी । दशैं–तिहार उपहार योजना अन्तर्गत निर्धारित लक्ष्य सफलतापूर्वक पूरा गर्दै धनगढीस्थित सन्जिवनी मोबाइलले उत्कृष्ट व्यापारिक उपलब्धि हासिल गरेको छ। उक्त उपलब्धिको कदर गर्दै HONOR मोबाइलले सन्जिवनी मोबाइललाई Vespa स्कुटर उपहार प्रदान गरेको छ।

यस उपलब्धिलाई सम्मान गर्न आयोजित कार्यक्रममा HONOR मोबाइल नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले सन्जिवनी मोबाइललाई बधाई दिँदै धनगढी क्षेत्रमा HONOR मोबाइलको ब्रान्ड विस्तार र बजार पहिचानमा सन्जिवनी मोबाइलको महत्वपूर्ण योगदान रहेको बताए। उनले सन्जिवनी मोबाइलको निरन्तर मेहनत र उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सन्जिवनी मोबाइलका प्रोप्राइटर सुभाष बम, धनगढी क्षेत्रका रिजनल डिस्ट्रीब्युटरका प्रोप्राइटर निरञ्जन खत्री तथा HONOR मोबाइलका एरिया सेल्स म्यानेजर हरिष पन्तको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले सन्जिवनी मोबाइलले देखाएको सक्रियता र प्रतिबद्धताले स्थानीय बजारमा नयाँ उर्जा थपेको उल्लेख गर्दै भविष्यमा पनि यस्तै सहकार्य, विश्वास र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए।

स्कुटर उपहार