



काठमाडौं। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहले एकैपटक अधिकृत पाउने भएकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेपछि उनीहरुले अधिकृत पाउने भएको हो।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन स्थानीय तह तथा जिल्ला समन्वय समितिमा सोमबार उनीहरुलाई खटाइएको मन्त्रालयले जनाएको छ।
खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।




