Logo
४ असोज २०८३, आईतबार

स्नो रिभर्सको आईपीओ वैशाख २९ मा

अक्षरपाटी
२०८३ वैशाख १४ , सोमबार ०९:०४ मा प्रकाशित

काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ

ट्रेन्डिङ ( साप्ताहिक )