Logo
२६ वैशाख २०८३, शनिबार

उद्योगी-व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन्: अर्थमन्त्री डा.वाग्ले

अक्षरपाटी
२०८३ वैशाख २६ , शनिबार १०:०५ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ।

शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् र होइन। तपाईहरु हल्लाको पछि नपर्नुस्, तपाईहरु हाम्रो साझेदार हो।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए।

कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए। उनकाअनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो।दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो,मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो। यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो।

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे। राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिंदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरु समान रहेको बताए।

‘सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो। तर पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो। हामी पनि सोहीबाटो लाग्ने बेला भएको छ’ उनले भने।

स्वर्णिम वाग्ले