



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आक्रोस पोखेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरे।
बैठकमा बोल्दै उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकतामा परेन? भन्दै प्रश्न गरे ।
उनले भने,‘जेनजी आन्दोलनका अभियुक्त तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारले के ले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन?’
प्रसाईँले नेपालमा हरेक आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै गएको बताए।
हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरिएको छ, उहिलेको बाजेको पालामा जस्तै अहिलेपनि उस्तै अवस्था भएको उनले जिकिर गरे। ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने उखानजस्तै अवस्था हुन्छ’, प्रसाईँले भने।
रमेश प्रसाईँ



