Logo
८ जेठ २०८३, शुक्रबार

देशैभर सार्वजनिक सवारी साधन दर्ता नगर्न विभागको परिपत्र

अक्षरपाटी
२०८३ जेठ ८ , शुक्रबार ०९:०५ मा प्रकाशित

काठमाडाैं। अब देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता नहुने भएका छन्।

सडका अत्याधिक सवारी चाप, प्रदुषण र ट्राफिक जामलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न परिपत्र गरेको हो।

यो व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने विभागको भनाइ छ। विभागले जेठ ७ गते सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र देशैभरिका सबै स्थानीय तहलाई यस्तो परिपत्र जारी गरेको हो।

विभागको निर्देशानुसार अब इन्धनबाट चल्ने मात्र नभएर विद्युतीय सवारी साधन समेत दर्ता गर्न पाइने छैन। देशको सडक क्षमता, इन्धन र प्रदुषण, यात्रु क्षमता र लगानी जोखिमलाई हेरेर विभागको यो निर्णय लिएको जनाएको छ।

विभागको निर्णयप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।

दर्ता बन्द सार्वजनिक सवारी साधन

ट्रेन्डिङ ( साप्ताहिक )