Logo
८ जेठ २०८३, शुक्रबार

कैलालीमा तालिमरत सशस्त्रका ८ जवान बेहोस, ५ जनाको अवस्था गम्भीर

अक्षरपाटी
२०८३ जेठ ८ , शुक्रबार १२:०५ मा प्रकाशित

कैलाली । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा सशस्त्र प्रहरीका ८ जना जवान बेहोस भएका छन् ।

बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका जवानहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए ।

अन्य ३ जनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्तरमै उपचार भइरहेको बताइएको छ ।

बेहोस भएका सबै जना सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थी हुन् । घटना के कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बेहोस

ट्रेन्डिङ ( साप्ताहिक )