Logo
२७ असार २०८३, शनिबार

‘म्यान अफ द वर्ल्ड २०२६’ मा प्रकाश नेपालको प्रतिनिधित्व गर्दै

अक्षरपाटी
२०८३ जेठ १३ , बुधबार ०३:०५ मा प्रकाशित

काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन्।

जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा प्रतियोगिता आयोजना हुँदैछ, जहाँ विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । यस प्रतियोगितामा चौहान नेपालका एकमात्र प्रतिनिधि हुन्।

चौहानले ‘मिस्टर नेपाल २०२५’ अन्तर्गत प्रदान गरिने तीन प्रमुख उपाधिमध्ये ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ उपाधि जित्दै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस्टर नेपालका सीईओ तथा ‘म्यान अफ द वर्ल्ड’ नेपालका नेशनल डाइरेक्टर रवि धमला, ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ हिमाञ्चल राज केसी, ‘मिस्टर ग्लोबल नेपाल २०२५’ गिरीश रत्न शाक्य, सन्तोष लोक्षुम, आयुष दुलाललगायतका व्यक्तित्वहरूले विजयी शुभकामना सहित बिदाइ गरेका थिए।

फिलिपिन्स प्रस्थानअघि चौहानले आफू प्रतियोगितामा सहभागी हुन मात्र नभई नेपालको कला, संस्कृति, पर्यटन तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्य लिएर जाने बताए।

प्रकाश चौहान