



काठमाडाैं। बकर ईदका अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना दिएका छन्।
उनले शुभकामना सन्देश जारी गर्दै ‘बकर ईद (ईद–उल–अज्हा)’ नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।
सन्देशमा उनले भनेका छन्- ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। प्राचीन कालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको हाम्रो समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको छ।’
सभापति थापाले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि पार्टी र आफ्ना तर्फबाट शुभकामना व्यक्त गरेका छन।
गगन थापा



