Logo
८ असार २०८३, सोमबार

२४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाखभन्दा बढी राजस्व सङ्कलन, २ हजारभन्दा बढी चालक कारबाहीमा

अक्षरपाटी
२०८३ असार ८ , सोमबार ११:०६ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जनालाई कारबाही गरिएको छ।

यस्तै लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना तथा एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने ८८ जना चालक पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १८६ जना चालकलाई समेत कारबाही गरेको जनाएको छ।

उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन तथा सवारी चालकलाई नियम पालना गराउन नियमित अनुगमन र कारबाही अभियान जारी रहेको ट्राफिक प्रहरीको भनाइ छ।

ट्राफिक कारबाही ट्राफिक प्रहरी कार्यालय