Logo
५ भदौ २०८३, शुक्रबार

‘माया बस्छ कि क्या हो’ असोज २ मा

अक्षरपाटी
२०८३ भदौ ५ , शुक्रबार १०:०८ मा प्रकाशित

काठमाडाैं। नेपाली चलचित्र ‘माया बस्छ कि क्या हो’ असोज २ गतेबाट प्रदर्शन हुने पक्का भएको छ। चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

राजु अधिकारी निर्देशीत चलचित्रमा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलाको पोस्टर सार्वजनिक गरिएको छ।

शरद अधिकारीको प्रस्तुति रहेको फिल्मको निर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारी आचार्यको कथा र मौनता श्रेष्ठको पटकथा, संवाद अनि रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्म रबिन्द्र बरालले खिचेका हुन्।

अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका युरोपियन देशहरुका साथै काठमाडौ र चित्लाङमा खिचिएको हो।

फिल्ममा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, रिचा थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, सुकचन्द्र थापा, तारा शर्मा, जेपी पाण्डे, करुणा श्रेष्ठ, रामजी राउत, खिन्नबहादुर भण्डारी (भोला), बिकुलाल बासु लगायतको अभिनय छ।

माया बस्छ कि क्या हो