Logo
२२ भदौ २०८३, सोमबार

कपिलवस्तुका ७ सय ३० परिवारले पाए लालपुर्जा

अक्षरपाटी
२०८३ भदौ २२ , सोमबार ०४:०९ मा प्रकाशित

कपिलवस्तु। नापि कार्यालय कपिलवस्तुले कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासि परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। उक्त जगाको नापजाँच भने अघिल्लै सरकारको पालामा भइसकेको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पूर्जा वितरण गरिएको हो।

पूर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

यसअघि सोही नगरपालिकाको वडा नं ५,६ र १० मा २ हजार ४१६ परिवारलाई लालपूर्जा वितरण गरिएको थियो। सरकारले देशका विभिन्न ठाउँमा लालपूर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ।

भूमिहीन लालपुर्जा