



धनगढी । कैलाली उद्योग वाणिज्य संघले चार जना अनुभवी व्यवसायीलाई सल्लाहकार समितिमा मनोनीत गरेको छ।
उद्योगी–व्यवसायीका समस्या समाधान तथा व्यावसायिक हकहित संरक्षणका लागि संघले गठन गरेको सल्लाहकार समितिको संयोजकमा दिनेशराज भण्डारी रहेका छन्। सदस्यमा उद्योगी व्यवसायी तिर्थराज पन्त, टेकराज जोशी र प्रकाशचन्द्र भट्ट मनोनीत भएका छन्।
संघका अध्यक्ष पुष्करराज ओझाले हालै आयोजित एक कार्यक्रममा मनोनीत सल्लाहकारहरूलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन्।
सल्लाहकार समितिमा मनोनीत पन्तले कैलालीका उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या पहिचान गरी समाधानका लागि संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधान, व्यवसायीका हकहित संरक्षण र स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धनका लागि आफ्नो अनुभव र ज्ञानलाई उपयोग गर्ने बताए।
संघले सल्लाहकार समितिमार्फत उद्योगी–व्यवसायीका समस्या, नीतिगत विषय तथा निजी क्षेत्रसँग सम्बन्धित विभिन्न मुद्दामा आवश्यक सुझाव र परामर्श लिने जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघ तिर्थराज पन्त

