Logo
३ असोज २०८३, शनिबार

संविधानको अन्तर्निहित सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले

अक्षरपाटी
२०८३ असोज ३ , शनिबार १०:०९ मा प्रकाशित

नयाँ दिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

तीन दिने भारत म्रमणका क्रममा दिल्लीमा रहेका अर्थमन्त्री वाग्लेले आज नेपाली दूतावासद्वारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधानमै रहेको पनि स्पष्ट पारे।

संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको उनले स्पस्ट्याए।

अर्थमन्त्री वाग्लेले भने, ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ।’

संविधान निर्माणका लागि सहादत प्राप्त गर्नुहुने शहीदहरूको स्मरण अर्थमन्त्री डाक्टर वाग्लेले गरेका थिए। कार्यक्रममा वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका थिए। कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले अर्थमन्त्रीलाई स्वागत गरेका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

ट्रेन्डिङ ( साप्ताहिक )