




काठमाडौं । राजनीतिक विश्लेषकका रुपमा परिचित भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोको अनुरोध तथा काठमाडौं जिल्ला अदालतको पक्राउ अनुमतिका आधारमा दाहाललाई पक्राउ गरिएको हो।
साइबर ब्युरोका अनुसार आफ्नै युट्युब च्यानलमार्फत तथ्यहीन तथा भ्रामक सामग्री प्रसारण तथा प्रकाशन गरेको उजुरीका आधारमा दाहालविरुद्ध पक्राउ अनुमति लिइएको हो।
समसामयिक राजनीति, भूगोल तथा भूराजनीतिसम्बन्धी अभिव्यक्तिका विषयमा उजुरी परेको ब्युरोले जनाएको छ।
एक कार्यक्रमका लागि मोरङ पुगेका दाहाललाई काठमाडौं ल्याई थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उजुरीकर्ताबारे भने ब्युरोले खुलाएको छैन।
पक्राउ भरत दाहाल

