



मनाङ । नारफूस्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा परेर १० जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको हो। बेपत्ता सबै नेपाली नागरिक रहेको उनले जानकारी दिए।
‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ। उद्धारका लागि हेलिकप्टर गएको छ,’ पौडेलले भने, ‘एकपटक उद्धारकर्तालाई घटनास्थलमा छोडेर आएको छ। अर्को हेलिकप्टर पनि जाँदैछ।’
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भएकाहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्स मार्फत हिमलुङ हिमाल पुगेका थिए।
उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी तथा उद्धारको काम अघि बढाएको छ।
हिमपहिरो

