



काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार बिहान स्वदेश फर्कएका छन्।
आज काठमाडौं आइपुगेका वाग्ले बैठकमा सहभागी हुने क्रममा सन् २०२६–२७ का लागि एआईआईबीको उपसभापतिमा निर्वाचित समेत भएका छन्।
बैठकमा वाग्लेले नेपालजस्ता विकासशील मुलुकका लागि सहुलियतपूर्ण वित्त, पूर्वाधारमा लगानी तथा निजी पुँजी आकर्षित गर्ने विषयमा धारणा राखेका थिए।
भ्रमणका क्रममा उनले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग लगानी विस्तार, आर्थिक सहकार्य तथा प्राकृतिक विपत्तिपछिको नेपालको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेको बताइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

