




काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै जहाजमा खिचिएको तस्वीर सार्वजनिक गरेका छन् ।
भारत भ्रमणका क्रममा खिचिएको उक्त तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई ‘देश उँभो लाउने टोली’का रूपमा उल्लेख गरेका छन् ।
उनले तस्वीरसँगै लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा गएका थिए ।
यसअघि पनि शाहले मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परराष्ट्रमन्त्री शिशिर खनाल बालेन शाह

