Logo
२६ वैशाख २०८२, शुक्रबार

अनाथालयकी बालिकामाथि कार्यालय प्रमुखले नै यौन शोषण गरेको आरोप

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०७:०२ मा प्रकाशित

कञ्चनपुर १८ माघ। कंचनपुरको समाज कल्याण अञ्चल वाल अनाथालयमा बस्दै आएकी एक बालिका माथि यौन शोषणको आरोपमा कार्यालय प्रमुख पक्राउ परेका छन् ।

यौनजन्य कृयाकलाप गरेको आnरोपमा समाज कल्याण अञ्चल वाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

अनाथलयमा बस्दै आएका बालिकामाथि चन्दले लामो समयदेखि यौन शोषण गरेको सूचनाका आधाारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनाथलयमा रहेकी एक बालिकाको गर्भ खेर गएपछि यौन शोषणको घटना बाहिरिएको बताएको छ।

अनाथलयका प्रमुख चन्दले अन्य बालिकामाथि पनि यौन शोषण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। अनाथलयमा ५ बालिका र २१ बालक बस्दै आएका छन्।

यौन दुर्व्यवहार