Logo
६ पुस २०८१, शनिबार

कुनै समय बंगाल र भोटको व्यापार जोड्ने आर्थिक करिडोर थियो कर्णाली

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०८:०२ मा प्रकाशित

सुर्खेत ८ फागुन। कर्णालीका कथा बेग्लै छन्। दुःख मात्र होइन सम्भावना पनि आफ्नै खालका छन्। सौन्दर्यको त के कुरा कर्णाली कर्णाली नै हो। चाहे त्यो भूगोल होस वा नदी।

नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको छ। कर्णालीवासीको जीवनसँग जोडिएको छ, कर्णाली नदी। इतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बंगाल र भोटको व्यापार जोड्ने ठूलो आर्थिक करिडोर रहेको थियो।

चीनको तिब्बतस्थित कैलाशदेखि नेपाल हुँदै भारतको गंगा नदीसम्म फैलिएको कर्णाली नदी सबैभन्दा लामो नदी पनि हो। तर हिजोको गर्बिलो विरास, आजको कर्णाली नदीसँग छैन्।

कर्णालीको नदी संरक्षण आजको चुनौती बनेको छ। र, यो नदीको उपभोग कसरी गर्ने ? यसबाट कर्णालीबासीले कसरी फाइदा लिने? वहस र चर्चाको विषय बनेको छ।

यसैबारे कर्णाली महोत्सवमा बहसमा उत्रिय नेपाल सरकारका सहसचिव कलानिधी पौडेल, सामाजिक विकास विज्ञ मिनबहादुर शाही, नदी संरक्षण अभियान्ता मेघ आले र आठविस नगरपालिका दैलेखकी पूर्व उपप्रमुख दीपा बोहोरा । सहजकर्ता थिए, अभियान्ता नारायण वाग्ले।

वहसको सुरुआतमा ‘त्यो बेलाको कर्णाली नदी कस्तो थियो?’ सहजकर्ताले दिपा बोहोरालाई प्रश्न गरे। कर्णाली नदी किनारमा जन्मे, हुर्किएकी बोहोराले देखेको, भोगेको कर्णाली नदी पहिले भन्दा अहिले धेरै फरक छ।

त्यो बेलाको कर्णाली नदी सफा र स्वच्छ थियो। नदी किनारबाटै असला माछा खेलीरहेको प्रष्ट देखिन्थ्यो। स्थानियको जिविकोपार्जन गर्ने आधार बनेको थियो। कर्णाली नदीमा माछा मारेर नदी किनारका बस्तीहरु पालिका थिए।

दीपालाई आमा र कर्णाली नदी एउटै लाग्छ। ‘आमाले आफना सन्तानलाई उनीहरुको सुख र खुसीका लागी बेहिसाब सेवा गरिरहन्छिन्, दिई नै रहन्छिन्। त्यसरी नै कर्णाली नदीले कर्णालीबासीलाई सेवा गरिरहेको छ’, उनी भन्छिन, ‘बदलामा हामीले बस्तिका ढल दिएकाछौं, प्लाष्टिकको थुप्रो दिएका छौं।’

हिजो पिउँन मिल्ने कर्णाली नदीको पानी आज गन्हाउने बनेको छ। ‘वर्षायाममा कहिलेकाँही कर्णाली रिसाउँछ, गर्जिन्छ। उसले भन्छ्ः मलाई अझै कति दोहोन गर्छौ। कति लुट्छौं ? तर हामी सबै टुलटुल हेरेर बसेका छौं। अब नदी संरक्षणमा जुटौं,’ दिपा भन्छिन् ।

नदी संरक्षण अभियान्ता भेघ आलेले, ‘कर्णाली नदी कहाँबाट आउँछ?’ भन्दै मञ्मा रहेकाहरुलाई प्रश्न गरे। कैलाश मानसरोवरको काखबाट बग्ने कर्णाली नदीको बैबभ र महत्व यहाँका नागरिक र सरोकारवालाहरुले नभुलेको उनी बताउँछन्।

भन्छन्, ‘ओम कैलाश, कार्णाली कर्म ∕अर्थात महादेव कैशाल क्षेत्रबाट आएको हो, कर्णाली। भविश्यका सन्ततिलाई कर्म गर्ने थलोको रुपमा कर्णाली नदीलाई बचाउनुपर्ने उनी बताउँछन् ।

६ हजार नदी नाला रहेको नेपालमा सबैभन्दा दर्लुभ नदी कर्णाली भएको आले बताउँछन्। २७ वर्ष अगाडि कर्णाली नदी पछ्याउँदै गंगादेखि मानसरोवस सम्म पुगेका आले नदी संरक्षण अभियान चलाउँदै आएका छन्। उनले कर्णाली नदी बचाउँनु पर्ने वैज्ञानीक आधार सहितको रिर्पोट सरकारलाई दिएका छन्। तर त्यो रिर्पोटबारे सरकारले वास्ता नगरेको प्रति उनले दुखेसो पोखे।

कर्णाली नदी पर्यावरणीय मात्र नभई धार्मिक रुपमा पनि महत्वपूर्ण रहेको उनी बताउँछन्। कैलाश मानसरोवरबाट गंगा जोड्ने एउटामात्रै नदी कर्णाली हो।

‘यो सभ्याताको मुहान पनि हो। कर्णाली मानव सभ्यताको रक्तनली पनि हो। कर्णाली जैविक विविधताको धनी छ। यस्लाई विश्वसम्पदामा सूचिकृत गर्नुपर्छ’, आले भन्छन्, ‘विकास सन्तुलित र दिगो हुनुपर्छ। कर्णाली नदीमा ड्याम बाँधेर विद्युत निकालनु उपयुक्त हुँदैन्। यस्लाई राज्यले बुझनु पर्छ।’

रिभर एड्भेन्चर टुरिजमका लागी कर्णाली नदी संसारकै पाँच नम्बरमा पर्छ। ‘प्रदेशको नाम समेत यही नदीबाट रहेकाले यस्लाई मास्नुभन्दा पहिला सयौपटक सोच्नुपर्छ । पशुपति भन्दा महत्वपूर्ण छ, कर्णाली’, उनी भन्छन, ‘हाम्रो विकासको सोच हाइड्रो फ्याक्ट्रि ड्याम बनाउँने हो कि बचाउँने हो?’ कर्णालीका शाखा नदीहरुबाट मात्रै ६ हजार ६१९ मेघावाट विद्युत उत्पादन हुने भएकाले कर्णाली नदीलाई खुल्ला छोडिदिनुपर्ने आलेले बताए।

उता सामाजिक विकास विज्ञ मिनबहादुर शाहीले भने नदी प्रणाली बचाउनका लागी संरक्षण र विकास संगसंगै लौजानुपर्ने बताए। कर्णाली जस्तो गरिबीको रेखामुनी रहेको प्रदेशमा ठूला योजना निर्माणका लागि नदी हस्ताक्षेप गर्नुपर्ने उनी बताउँछन्।

‘विद्युत मात्रै नभइ बाटोघाटो पनि यहाँको आवश्यकता हो। विकास र संरक्षणलाई एकसाथ दिनुपर्छ,’ उनि भन्छन्, ‘नेपालको नदी प्रणालीमा आएका समस्याबारे राज्य गम्भिर हुनुपर्छ। आवश्यक नीति निर्माण र त्यस्को कार्यान्वयन गर्नुपर्छ।’

नदी संरक्षणका लागि सरकारले आवश्यक ऐन कानुन निर्माण गरिहको नेपाल सरकारका सहसचिव कलानिधी पौडेलले बताए। तीनै तहका सरकारले एकीकृत योजना तर्जुमा गरेर चासो नदिएसम्म नदी संरक्षण हुन नसक्ने उनको भनाइ थियो। ‘जंगलको विनास भए, वन मन्त्रालय छ। भूमीको भूमी मन्त्रालय छ। नदी संरक्षणका लागि सरकारसंग के छ ?’ उनले सरकारलाई नै प्रश्न गरे।

नदीको संरक्षणका लागि शक्तिशाली कानुनको अभाव रहेको पौडेल बताउँछन्। उनी भन्छन्, ‘राजनीति सर्वथा हो। यस्ले नेतृत्व गर्नैपर्छ। कर्मचारी प्रतिवद्धता हो। विज्ञ स्पष्टता हो, त्यस्ले ठोस राय दिनुपर्छ। कानुन गतिशिलता हो, ०२० सालको कानुनले ८० सालमा काम गर्दैन्। स्रोतसाधान सुनिश्चितता हो।’

कुणा कर्णालीका