Logo
१८ कात्तिक २०८२, मंगलबार

पोखरामा ‘पाल्पा हाउस’ सञ्चालनको तयारी

अक्षरपाटी
२०७९ चैत्र ९ , बिहीबार ०२:०३ मा प्रकाशित

पोखरा ९ चैत। पाल्पा घर भई पोखरामा बसोबास गर्दै आएका पाल्पालीहरुले पोखरामा ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउने भएका छन्।

पाल्पाको झल्को दिने गरी पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलसहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो।

पाल्पा र कास्कीमा उत्पादित उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले पाल्पा हाउस संचालन गर्न लागिएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए।

पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत फलफुल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा उपलब्ध गराइने बताइएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )